काठमाडौं । हिन्दुहरुको महान पर्व भाइटिका सकिन नपाउँदै काठमाडौँमा गोली चलेको छ । आइतबार एकाबिहानै राजधानीको म्हेपीमा गोली चल्दा स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार अपरिचित व्यक्तिले हानेको गोली लागेर गुरुङ घाइते भएका हुन् । खुट्टामा गोली लागेका घाइते गुरुङको उपचार भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया