एजेन्सी । श्रीलंकाको केन्डीमा हालै एक बेहुलीले ३.२ किलोमिटर लामो साडी लगाएर विवाह गरेको घटना प्रकाशमा आए लगत्तै यो घटनाले चर्चा पाइरहेको छ ।

विबाहमा बेहुलीले लगाएको ३.२ किलोमिटर लामो साडी दुई सय ५० सयभन्दा बढी छात्रा प्रयोग गरिएको घटनाका विषयलाई लिएर सरोकारवालदाहरुले आवाज उठाएका हुन् ।

मुख्यमन्त्रीसमेत सहभागी भएको उक्त समारोहमा बेहुला र बेहुली सडकमा पैदलै हिँडे पनि स्कुले छात्राहरुलाई कुनै नीजि समारोहमा घण्टौं तैनाथ गर्नु अपराधको श्रेणीमा पर्ने अधिकारकर्मीहरुले बताएका छन् ।

श्रीलंकाको राष्ट्रिय बाल संरक्षण प्राधिकरणले घटनाको बारेमा छानविन सुरु गरेको र अपराध प्रमाणित भएमा बेहुलीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया