सुर्खेत । जाजरकोटबाट सुर्खेतका लागी छुटेको यात्रुबाहक बस कालीखोलामा खसेको छ । भे १ ख ७२२ नम्बरको यात्रु बस कालीखोलामा खस्दा २ जनाको मृत्यु भएको छ २२ जना घाइते भएका छन् भने १२ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनास्थल सुर्खेत र जाजरकोटको सिमानामा हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचायका अनुसार छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट उक्त बस ३ सय मिटर तल भेरी नदी किनारमा खसेको हो ।

बसमा २५ जना जति यात्रु सवार थिए । घटनास्थलमा प्रहरी गएको तर अझै पुगीनसकेकाले उद्धारमा समस्या भएको छ । घटनास्थल अप्ठेरो स्थानमा भएकोले यथार्थ विवरण आउन समय लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया