काठमाडौ । थाइल्यान्डकी राजकुमारी सिरिधोर्न नेपाल भ्रमणका लागी काठमडौँ आइपुगेकी छिन् । नेपाल बासाईका क्रममा राजकुमारी सिरिधोर्नले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नेछिन् ।

पहिलो पटक नेपाल भ्रमणमा आएकी राजकुमारी सिरिधोर्नले आज नै लुम्बिनीमा राजकीय थाई बौद्धबिहारको उद्घाटन तथा मायादेवी मन्दिर अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

राजकुमारीका साथमा करिब १ हजार ८ सय थाईबौद्ध उपासक उपासिकाद्वारा थाई परम्पराअनुसार बुद्धपूजा गर्ने तयारी पनी रहेको छ । राजकुमारी सिरिधोर्नको सुरक्षार्थ भैरहवादेखि लुम्बिनीसम्मको सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया