माला गाँस्न सघाउँछु : सुरवीर पण्डित, अभिनेता तिहारमा नयाँनौलो खासै केही हुन्न मेरो । एक दिदी, बहिनी र भाई छन् । उनीहरुसंगै रीरितरिवाज मनाउँछु । यो बेला फुर्सद हुने भएकाले साथीभाईसंग भेटघाट गर्छु । सफासुगर गर्ने माला गास्ने काममा सहभागी हुन मनपर्छ ।

टीका थाप्न घर जाँदै छु :मदन नेपाल, गायक म पनि अब टीका थाप्न मोरङ जाँदैछु । दिदी उतै हुनुहुन्छ । हमी चार भाईकी एक मात्र दिदी भएकाले सबैजना एकै ठाउँमा भेला हुनुपर्छ । धेरै जना दिदी बहिनी भएदिएको भए बाँड्न मिल्थ्यो ।

अस्ट्रेलियामै तिहार : सन्ध्या केसी, अभिनेत्री हामी चारै जना सिब्लिङ्स एकठाउँ भएर भाईटीका नमनाएको थुप्रै बर्ष भईसक्यो । दुई जना दिदी विदेशमा हुनुहुन्छ । भाई र म यहीँ छौं । तर, पोहोर साल र यसपाली म पनि तिहारमा अस्ट्रेलिया जानुपर्ने भयो ।

पप्पलाई पनि टीका : आकांक्षा बस्याल, गायिका मेरो एउटा भाई छ, उनीसंग भाईटीका मनाउँछु । अनि सानो पप्पीलाई पनि टीका लगाईदिन्छु । पप्पी मेरो भाईसहरही नै लाग्छ । कक्षा ९ मा पढ्ने भईलाई कपडा किनिदिएको छु ।

विदेशी साथीसंग घुम्दै छु : हरि महर्र्जन , गितारवादक ४१ बर्षदेखि एउटै तरिकाले तिहार मनाएँ । योपाली फरक गर्दै छु । दुई जना अमेरिकन म्युजिसियन आएका छन् । उनीहरुसंगै काठमाडौं छेउछाउका सहरहरुमा गएर गिटार बजाउँदैछ, गीत गाउँदै गरिरहेको छु ।

फोनबाटै भाईटीका : आश्तिक शेरचन, फेसन डिजाईनर दिदी अमेरिकामा हुनुहुन्छ । उहाँर्ला नभेटेको धेरै भईसक्यो चार बर्षअघिको तिहारमा म उतै थिए । त्यसयता दिदी र म फोनबाटै भाईटीका विस गरिरहेका छौं ।

अघाउन्जेल सेलरोटी खान्छु : केशव राई, रंगकर्मी सेलरोटी बनाउन आउँदैन, खानचाही मनपर्छ । दिदीहरुले बनाउनुहुन्छ । उहाहरुकोमै गएर अघाउन्जेल खान्छु । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया