कैलालीः अपराधीले राजनीकि संरक्षण पाएको भन्दै आलोचना भइराखेका बेला कैलालीको टीकापुर काण्डका दोषी लक्ष्मण थारुसहित तीनजना जेलबाटै राष्ट्रिय जनता पार्टी (राजपा) मा प्रवेश गरेका छन्। यसअघि भर्खरै कांग्रेससँग एकीकरण भएको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थारु जेलबाटै राजपामा प्रवेश गरेका छन् ।

बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर थारुसहित वीरबहादुर चौधरी र विश्राम चौधरी पार्टी प्रवेश गराएका हुन् । जेलमै रहेका थारुले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा समेत गरेका छन् । अन्नपूर्ण पोष्टले छापेको छ ।

गच्छदारले टीकापुर काण्डमा पक्राउ परेकालाई छुटाउने आश्वासन दिए पनि कुनै पहल नगरेको भन्दै रुष्ट बनेका थारु राजपा प्रवेश गरेका हुन्

तपाईको प्रतिक्रिया