नेपालगन्ज ०२ कार्तिक । बाँकेको वेजनाथ गाँउपालीका स्थीत गाभर भ्यालीमा आज पर्यटन पर्वद्धनका लागी हात्तिवाट टिका ग्रहण गरीएको छ । कली भाइटिका नाम दिइएको उक्त टिका ग्रहण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रमुख, पर्यटन व्यवसायी, पत्रकार एवम् स्थानीयहरुले कली नामक हात्तिवाट भाइटिका ग्रहण गरेका हुन् । मानव र वन्यजन्तुविच सम्वन्ध गासीनुपर्ने मान्यतामा रहि कलि भाइटिका कार्यक्रम गरीएको राधारानी सामुदायीक वनका अध्यक्ष जयलक्ष्मी शाहले वताउनुभएको छ ।

नेपालको कान्छो बाँके राष्ट्रिय निकुन्जलाई प्रमुख पर्यटकिय स्थलका रुपमा विकास गरीने वैजनाथ गाँउपालीकाका अध्यक्ष मानवहादुर रुचालले वताउनुभयो । गाभर भ्यालीको विकासका लागी स्थानीय तहले २५ लाख रुपैया वजेट विनियोजन गरेको गाँउपालीकाका अध्यक्ष रुचालले जानकारी दिनुभयो । बाँके राष्टिय निकुन्जमा हाल १० वटा हात्तिको दरवन्दि रहेकोमा ४ वटा हात्ति मात्र रहेको र थप ६ वटा हात्ति भित्राउनका लागी प्रक्रिया अगाडि वढेको बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पुर्जा पुन मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लवका पुर्व डिस्टिक गर्भनर सेम शाक्य, बाँकेका प्रहरी प्रमुख टेक वहादुर तामाङ, गाभर भ्याली सामुदायीक होमस्टे सञ्चालक समीतिका अध्यक्ष कृष्ण चौधरी लगायतले दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया