नेपालगन्ज ०२ कार्तिक । केहि महिनासम्म नेपालगन्ज बजारमा एकछत्र राज गरेको कर्णालीको स्याउको ठाउँमा भारतिय स्याउले कब्जा जमाउन थालेको छ । साउन र भदौ महिनामा कर्णालीको स्याउ बजारमा आएपछि भारतिय स्याउ विस्थापित जस्तै बनेको थियो ।

सस्तो, मिठो र अर्गानिक स्याउ बजारमा आएपछि ग्राहकहरुले उक्त स्याउ नै उपभोग गर्ने गरेका थिए । अहिले भने कर्णालीको स्याउ विस्तारै घट्न थालेको र तिहारका बेला माग पनि बढेपछि भारतिय स्याउ बजारमा भित्रिएको छ ।

कर्णालीको स्याउ घटेपनि मुल्य भने पुरानै रहेको व्यापारीहरु बताउँछन् । अहिलेपनि भारतिय स्याउभन्दा कर्णालीका स्याउ ४०–५० रुपैयाँ सस्तो छ । कर्णालीको स्याउ १ सय रुपैयााँमा बिक्री भइरहँदा भारतिय स्याउ १ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

तपाईको प्रतिक्रिया