काठमाडौँ । गीतकार अम्बिका गुरुङले लक्ष्मी पूजाको अवसरमा शृजना गरेर सार्वजनिक गरेको गीतले चौतर्फी चर्चा बटुलेको छ ।

वर्षमा एक पटक मात्रै आउने हिन्दुहरुको महत्वपूर्ण चाड तिहारको विशेष दिन लक्ष्मीपूजाको विशेष अवसरको महिमा दर्शाउँदै गीतकार गुरुङले लेखेको गीतमा शुसिला पाठकले स्वर भरेकी छिन् ।

राजिब शाहले संगीत भरेको गीतको लिरिकल भिडियो समेत तयार गरिएको छ । भिडियो राजन कार्कीले बनाएका हुन । गीत भवसागरले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया