काठमाडौं । चर्चित नायक निखिल उप्रेती र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ लक्ष्मीपूजाको दिन पारेर यूट्युबमा रिलिज गरिएको छ ।

अघिल्लो वर्ष लक्ष्मीपूजाकै दिन पारेर प्रदर्शनमा आएको चलचित्रले राम्रो ब्यापारिक सफलता पाएसँगै लक्ष्मीपूजाको दिन युट्युबमा रिलिज गरिएको हो ।

सुशील पोखरेलले निर्माण र जगदीश्वर थापले निर्देशन गरेको ‘राधे’ मा निखिल उप्रेती र प्रियंका कार्कीको मुख्य भूमिका फिल्म राधे एक्सन प्रधान चलचित्र हो । जसले यूट्युबबाट पनि राम्रो चर्चा बटुलीरहेको छ ।

तपाईको प्रतिक्रिया