एजेन्सी । अजय देवगनको मुख्य भूमिका रहेको फिल्म गोलमालका सबै श्रृंखला बलिउड बक्स अफिसमा सफल भएका छन्।

चौथो श्रंखला रिलीजको तयारीमा रहेका बेला रोहित शेट्टीले अजयको अलावा फिल्ममा अजयसहित अर्सद वारसी, तब्बु, परिनीति चोपडा, तुसार कपुर, कुनाल खेमु र श्रेयस तलपडेलाई लिएर कडा मेहेनत गरेका छन् ।

गोलमालको पहिलो श्रृंखलामा मुख्य अभिनेत्री रिमी सेन थिइन् भने दोस्रो र तेस्रोमा करीना कपुर देखिइन्। अब चौथोमा परिनीति र तब्बु छन्। चलचित्रका विषयमा नायिकामात्रै फेरिने विषयमा रोहित शेट्टीले फिल्ममा नयाँपन दिनका लागी नायिकाहरु एकपछि अर्को गर्दै फेरीइरहेको बताए ।

तपाईको प्रतिक्रिया