एजेन्सी । थाइल्याण्डको बैंकककी सुपात्राको अनुहार भरी बाँदरको झैँ रौँले भरीएको छ । जसका कारण उनलाई स्कुलमा मात्रै समस्या भएन गाउँ र समाजमा नै बस्न अप्ठ्यारो भयो ।

तर उनी र उनको परिवारले हिम्मत हारेन । उनी जहाँ जहाँ जान्छिन् मानिसहरुले उनलाई घुरेर हेर्छन् । नराम्रो नजर राख्दै हेयको दृष्टिले हेर्छन् ।

हात, कान, पिठ्यूँ तथा खुट्टामा समेत यस्तै बाक्लै रौँ पलाएपछि उनका बाबुले रौँ हटाउनका लागि उनका बुवाआमाले लेजर उपचार पद्धति अपनाए पनि अमब्रास सिन्ड्रोम नामक रोगका कारण रौँको संख्या घट्नुको साटो बढ्दै गएको छ ।

अन्य कुराहरुले उनी र उनको परिवार दुखी भएपनि अन्तत गिनीज बुकमा नाम लेखाएपछि भने उनी र उनको परिवारमा केही शान्ति मिलेको छ ।

तपाईको प्रतिक्रिया