काठमाडौँ – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

देउवाको इच्छाअनुसार उनलाई डडेल्धुरामा उम्मेदवार बनाउन संसदीय समितिमा सहमति जुटेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

उनलाई कैलाली– ५ बाट पनि उम्मेदवार बन्न दबाब आएको थियो । स्रोतका अनुसार कैलाली– ५ बाट देउवा पत्नी डा। आरजु राणालाई उम्मेदवार बनाउन चाहन्छन् ।

तर, विभिन्न रिपोर्टले कैलाली– ५ मा पुष्कर ओझालाई दिएमा जित्ने, आरजुलाई दिइएमा केही भन्न नसकिने बताएपछि देउवा दोधारमा छन् ।

तपाईको प्रतिक्रिया