काठमाडौँ – मिठाई किन्दा व्यापारीले मनपरी रुपमा ग्राहकलाई ठग्ने गरेका छन् ।

विभिन्न प्रकृतिका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।

बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संंरक्षण विभागले काठमाडौं बानेस्वरस्थित संगम स्वीटलाई चित्त बुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको छ ।

तिहार नजिकिएसँगै अन्य समयको तुलनामा मिठाई पसलमा ग्राहकको भिड दिनप्रतिदिन बढेको छ ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

तपाईको प्रतिक्रिया