एजेन्सी । बलिउड चर्चित अभिनेता सञ्जय दत्त हंगामा मच्चाउनमा माहिर मानिन्छन् । रक्सी नभई नहुने र रक्सीले टिल परेपछि हंगामा मच्चाउन खप्पिस यि कलाकारले एकदिन आँफुलाई मन पर्ने कलाकार श्रीदेवीलाई हेर्न भनेर छायांकन स्थलमा पुगे ।

जीतेन्द्रसँग फिल्म ‘हिम्मतवाला’ को शुटिङ शेटमा रहेकी श्रीदेवीलाई नदेखेपछि नशामा धुत्त सञ्जय श्रीदेवीको चेन्जिङ रुममै पुगेपछि उनलाई गार्डले जबरजस्ती तानेर बाहिर निकाल्नु परेको थियो । उनै अभिनेता संजयले गत वर्ष अभिनेता अमिताभ बच्चन परिवारले आयोजना गरेको तिहारको पार्टीमा सञ्जयले नशामा डुबेर मच्चाएको अहिले पनि भारतीय मिडियाले स्मरण गर्दै समाचार छापेका छन् ।

अभिनेता अमिताभ बच्चन परिवारले आयोजना गरेको तिहारको पार्टीमा सञ्जय पुग्दा नै रक्सीले मातेका थिए। मातेर पार्टीमा पुगेका सञ्जय आफ्नो खुट्टामा पनि उभिन सक्ने अवस्थामा थिएनन्। त्यहाँ उनले निकै हंगामा मच्चाए । सञ्जयलाई रक्सी र ड्रग्सको नशाबाट उम्काउन पुर्नस्थापना केन्द्रमै राख्नुपरेको थियो। उनको यो समस्याबाट उनको बुवा सुनील दत्त पनि हैरान भएको भारतीय अनलाइन भाष्कर दैनिकले लेखेको छ ।

तपाईको प्रतिक्रिया