नेपालगन्ज ०१ कार्तिक ।दृष्टिविहीन युवाहरुले आफुहरुलाई रोजगारीको खाँचो रहेको वताएका छन् । नेत्रहिन युवा संघ नेपालले बुधबार नेपालगन्जमा दृष्टिविहीन व्यक्तिहरुको रोजगारमा पहुँच बृद्धिका लागि रोजगारदाताहरुसँग गरेको कार्यशालामा बोल्ने दृष्टिविहीनहरुले सम्वद्ध सरोकारवालाहरुसँग रोजगारीको माग गरेका हुन् । कार्यशालामा बोल्ने सम्वद्धहरुले रोजगारीको प्रतिबद्धता समेत जनाएका छन ।

युवा स्वरोजगार कोष बाँकेका प्रमुख रितेश शर्माले संस्थागतरुपमा आए कर्जा दिएर रोजगारतर्फ उन्मुख गराउन सकिने वताए । शर्माले वितिय सस्थासगँ मिलेर अगाडी बढ्न सकिने प्रशस्त बाटो भएको बताए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अपाङ्गता भएका सक्षम युवाहरुलाई रोजगारी प्रदान गर्न संघ तयार रहेको वताए । बैश्यले अपाङ्गता भएका क्षमतावान युवाहरु आफ्नो सम्पर्कमा आउन आग्रह गरे । कार्यक्रममा बोल्दै आइटी व्यवसायी सञ्जय थापाले पनि आइटी क्षेत्रमा सक्षम युवाहरुलाई रोजगारी प्रदान गर्न सकिने जनाए ।

थापाले आफु सङलग्न रहेको विधिन्न सघंसस्थामा रोजगारी सिर्जना गरीदिने आस्वासन दिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका द्वावारीका अधिकारी, गैसस महासंघ बाँकेका कार्यबहाक अध्यक्ष सपना भट्टराई, नेपाल राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रीय अध्यक्ष भावुकजंग थापालगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया