नेपालगन्ज – प्रेस चौतरी नेपाल बाँके र प्रेस सेन्टर बाँकेको संयुक्त आयोजनामा कुकुर तिहार बुधबारको दिन पत्रकारहरुले नेपलगञ्जमा देउंसी भैलो खेलेका छन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपालगञ्ज उद्योग बाणिज्य संघ, निर्माण ब्यावसायी, यातायात व्यावसायि, पत्रबार महासघं लगायतका कार्यालयमा देउंसी भैलो खेलिएको हो ।

एमाले पार्टी कार्यालयमा आयोजित पत्रकारको दैउंसी भैलो कार्यक्रममा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले आप्mनो कला संस्कृति र परम्परा जर्गेना गर्नु सबैको दायित्व भएको वताए ।

सोही अवसरमा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिलगायतले सधै समाचारको खोजीमा ब्यस्त रहने पत्रकारले पनि कला संस्कृती जगेर्नाको लागि देउंसी भैलो कार्यक्रम गर्नु सह्रानिय काम भएको वताए । बुधबार मात्र एक दिनका लागी भैलोको आयोजना गरीएको प्रेस चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया