एजेन्सी । भारतीय चर्चित अभिनेत्री रेखाको सुन्दरताको मात्रै बलिउडमा चर्चा चल्दैन जम्मा ४० वर्षको उमेरमा १८० वटा फिल्ममा काम गरेकी रेखाको कामको तारिफ हिजोआज पनि हुने गरेको छ । यि सुन्दरी अभिनेत्री कहिले आफ्नो फिल्म, कहिले अमिताभ बच्चनसँगको प्रेम सम्बन्ध त कहिले आफूभन्दा कान्छो अभिनेता अक्षय कुमारसँगको प्रेम अफवाहका कारण सदावाहर संचार माध्यममा छाइरहने सुन्दरी मध्येकी एक हुन् ।

काममा आफूलाई उत्कृष्ट प्रमाणित गरेपनि बलिउड र निजी जीवनको यात्रामा भने सफल हुन सकिनन् । विभिन्न नायकहरुसग रेखाको नाम जोडिएर आए पनि उनको खासगरी अभिनय अमिभाब बच्चनसँगको प्रेम रोमान्सकाबिच मुकेश अग्रवालसँग विबाह गरिन् र उनले ३ महिनामा नै दुरी बढाए लगत्तै मुकेशले विबाहको सात महिनामै आत्महत्या गरेका थिए । अचानक मुकेशले रेखालाई राखेको प्रस्ताव स्विकारे पनि उनीहरुको विबाह अचानक नै भयो ।

विवाहपछि मुकेशले शुभ समाचार सबै साथीलाई दिने योजना बनाए तर रेखाले मानिनन्। रेखाले साथीहरु अकबर खान, संजय खान र हेमा मालिनीको घर जाने इच्छा जाहेर गरिन्। साथी सुरिन्दर कौरलाई लिएर उनीहरु धर्मेन्द्र र हेमाको घरमा पुगे। रेखालाई आफ्नो घरमा देखेपछि हेमाले एक पटक तलदेखि माथिसम्म हेरिन् र भनिन्, यो मान्छेसँग विवाह गरे चैं नभन है।’ अनि रेखाले जवाफ दिइन्, हो मैले यस्तै गरें।’

तपाईको प्रतिक्रिया