काठमाडौं, कात्तिक १ । एमालेले निर्वाचन जित्न सम्भव भएसम्मका रणनीतिहरु अपनाउने रणनीति गरिरहेको छ ।

मंगलबार राजधानमिा आयोजीत एमालेनिकट एनआरएनएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै मूल्य चुकाएर भएपनि आसन्न निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बाध्यता भएकाले प्रतिव्यक्ति एक हजार अमेरिकी डलर सहयोग गर्न आग्रह गरे ।

एनआरएनए प्रतिनिधिहरुले भने पार्टीले देश र जनताको पक्षमा काम नगरी गुट–उपगुटमा विभक्त भएको गुनासो गर्दा अध्यक्ष ओलीले काँग्रेसलाई नै गाली गर्न पछि परेनन् । उनले कांग्रेसको सत्तालिप्साका कारण मुलुक संकटमा परेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया