पोखरा, १ कात्तिक- कास्कीमा ८० प्रतिशत पूmलको आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा स्थापना भएका ३२ वटा नर्सरी, स्थानीयस्तर र आसपासका जिल्लाबाट मगाएर तिहारमा चाहिने पूmलको मागलाई पूरा गर्ने गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।

छिमेकी जिल्ला स्याङजा, पर्वत, तनहुँ, लमजुङ, गोरखा र बागलुङबाट पूmल ल्याइने गरिएको छ भने २० प्रतिशत मात्रै भारतका विभिन्न शहरबाट पूmल आयात गरिन्छ । भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउनुका साथै आजभोलि घर सजाउन समेत मालाको प्रयोग गरिन्छ । जिल्लामा बढी मात्रामा सयपत्री, मखमली, सुपारी जातका पूmल प्रयोग गरिन्छ । यस पटक करिब रु एक करोड बराबरको पूmलको कारोबार हुने बताइएको छ । एउटा सयपत्री पूmलको माला रु एक सयदेखि रु २०० सम्ममा बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया