काठमाडौँ । निर्माता सन्तोष सेनले निर्माण गरेको चलचित्र प्रेमगीतको सिक्वेल खेले लगत्तै चर्चामा रहेका नायक प्रदिप खड्का को फ्यान फलोइङ दिनानुदिन बढ्दो छ ।

चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट एकाएक चर्चामा आएका नायक खड्काको क्रेज नेपालमा मात्र नभई थाइल्याण्डमा पनि उस्तै रहेछ भन्ने कुराको प्रमाण हो चलचित्र त्यहाँका हलमा पनि हाउसफुल हुनु ।

त्यतिमात्रै होइन थाइल्याण्डमा प्रदीपको फोटो प्रिन्टेड टिसर्ट लगाएर युवतीहरु चलचित्र हेर्न पुगेका दृश्यहरु हेर्न लायक थिए। दर्शकको बिचमा घेरिएका प्रदिपसँग फोटो खिचाउने दर्शकहरु खचाखच देखिएको माहोल निकै रोमाञ्चक थियो ।

तपाईको प्रतिक्रिया