मनाङ। चर्चित गुण्डा नाइके तथा नेकपा एमालेका नेता दिपक मनाङगेले मनाङका स्थानियलाई त्रासमा राख्दै धम्क्याउन थालेका छन्। प्रदेशतर्फ मनाङ ख को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस भएका मनाङगे आफ्नो क्षेत्रमा चुनावी प्रचारमा गए लगत्तै जिल्लामा त्रासको वातावरण सिर्जना भएको स्थानीयहरुले प्रशासनमा नै पुगेर बताउन थालेका छन् ।

मनाङगेको समुहले मनाङको नारफूमा स्थानीयलाई चुट्ने र १० लाख रकम लुटेको घटना सार्वजनिक भए लगत्तै विभिन्न ठाउँका स्थानियलाई हात काटिदिने सम्मको धम्की दिएको जानकारी प्राप्त भएको छ। मनाङगे एमालेको चुनाव प्रचार गर्न नार्फु गाउँपालिका पुगेका बेला स्थानीय होटल ब्यवसायीसँग रकम लुटेका हुन्। नार्फु गाउँमा होटल बनाउनको लागि काठमाडौंबाट ऋण धन गरेर गाउँ जाँदै गरेका २ जना युवाको साथमा रहेको १० लाख रुपैयाँ मनाङगे र नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको निर्देशनमा लुटेको पिडितहरुले बताएका छन्।

पिडित युवाहरु कर्मा ओङ्दी लामा र टसी छिरिङ लामाले आफुहरु सुतिरहेको ठाउँबाट आफुहरुको रकम लुटेको गुनासो गरेका छन्। “मेतास्थित घ्याङ्जीको घरमा सुतिरहेका बेला पाँचजना युवाहरु आएर झोलामा भएको रकम मनाङगेको निर्देशनमा लुटिएको ति युवाहरुले बताएको प्रशासनमा गएर बताए पनि प्रशासन भने बेखबर झै बनेको पिडितले बताए ।

उता दिपक मनाङगेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आफुलाई भोट नहाले हात काटीदिने धम्की दिएका छन्। मनाङगे भोट नदिनेहरुलाई औँला काटिदिनेदेखि भौतिक आक्रमणसम्मको धम्की दिएका छन् ।

तपाईको प्रतिक्रिया