काठमाडौँ । कालजयी गीत प्रतिक्षा गर मेरी मायालुको कभर संग लिएर आएका छन् गायक अनिश पाण्डेले । पुराना स्रटाको सम्मानका लागी गायक दिपक खरेलको स्वरमा सजिएको गीत निकै नै मर्मस्पशी भएको र यस गीतलाई बाल्यकालदेखि नै सुन्दै आएकाले अहिले आएर कभर संगका रुपमा फेरी ब्युँत्याएको गायक पाण्डेले बताए ।

पुरानो गीतको वरिजिनल क्वालिटी नभएको र भिडियो समेत उत्कृष्ट नभएकाले परिमार्जित शैलिमा पुन ब्यूँत्याउने कोशिस गरेको गायक पाण्डेको तर्क छ । नयाँ परिमार्जित गीतमा म्यूजिक एरेन्ज गर्ने काम पुरुसोत्तम सुवेदीले गरेका छन् ।

यसको भिडियो छायांकन र सम्पादन सुमन श्रेष्ठले बेलायतमा गरेका हुन् । यसअगाडी नै गायक पाण्डेले मनसँग मन बोलको गीतको भिडियो बजारमा ल्याइसकेका छन् । जसले राम्रो लोकप्रियता समेत कमाएको थियो ।

तपाईको प्रतिक्रिया