नेपालगन्ज । बाँके प्रहरीले तिहार पर्वलाई मध्यनजर गर्दै पटाकाजन्य पदार्थ आयात र बिक्री वितरणमा कडाई गरेको छ । भारतिय बजार रुपैडिहाबाट पटका भित्रिन नदिन विशेष निगरानी एवं चेकजाँच बढाइएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।

पटाका ओसारपसार, किनबेच गर्ने र पड्काउने सबैलाई कारवाही गरिने उनले बताए । तामाङले आफ्ना बालबालीकालाई पटाका पड्काउन उक्साउने वा नियन्त्रण गर्न नसक्ने अभिभावक कारबाहिको भागिदार हुनुपर्ने बताएका छन ।

चाडपर्वका नाममा रमाईलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएकोले त्यसो नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ । तिहारलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न देउसी भैली पनि राती ११ बजेभन्दा पछि नखेल्न बाँके प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया