एजेन्सी । सहवास जिवित प्राणीका लागी समय समयमा गर्नु आवश्यक छ । तर सहवासका लागी भनेर नाबालिका वा बालबालिकासँग गर्नुलाई अपराध मानिएको छ । जुन अविबाहितामा मात्रै नभई १५ देखि १८ वर्षकी पत्नीसँग सेक्स गर्नुलाई पनि भारतको सर्वोच्च अदालतले अपराधको संज्ञा दिएको छ ।

हालैको फैसलालाई उल्लेख गर्दै भारतीय अनलाइन आजतकले लेखेको छ आपसी समझदारीमा सेक्स गर्नको लागि पनि १८ वर्षको उमेर पुग्नुपर्छ ।

यदि पत्नीको उमेर १५ वर्ष भन्दा कम नभएपनि पतिले उसँग सेक्स गर्छ भने त्यसलाई बलात्कार करार गरिने भारतको सर्वोच्च अदालतले फैसला नै गरेको छ । भारतमा २ करोड नाबालिकाको बाल विवाह भएको रेकर्डलाई मध्यनजर गर्दै अदालतले यस्तो निर्णय सुनाएको हो ।

संसदमा सामाजिक न्यायको कानुन पास भए पनि यसलाई व्यावहारिक रुपमा लागू नगरिएको धेरैको टिप्पणी भैरहेका बेला सर्वोच्चको यस्तो निर्णय आएको हो ।

तपाईको प्रतिक्रिया