काठमाडौं । यसबर्षको तिहार पर्व शुरु भएसँगै पहिलो दिन कागतिहारका दिन रमेश दुलालले रत्नपार्कमा काग सम्मेलन गरेका छन् । प्रत्येक बर्ष काग तिहारको दिनमै काग सम्मेलन गर्दै आएका दुलालको यो १४ औं काग सम्मेलन हो ।

दुलालले यमलोकको खबर यमराज समक्ष पठाउने माध्यमको रुपमा लिइने कागको बारेमा लामो समयसम्म अध्ययन गरेका र साच्चै नै खबर पठाउँछ या पठाउदैन भन्ने बारे अध्ययन पश्चात पठाउने बुझेपछि उनले पनि कागलाई साथीको रुपमा लिएर सन्देश पठाउने गरेको बताउँछन् । ‘मैले कागलाई उसकै भाषामा बोलाउछु र सन्देश पनि पठाउने गरेको छु ।,

सन्देश पठाउने माध्यमको रुपमा लिइने कागले साच्चै नै सन्देश लिएर जानेगरेको मैले पाएको छु ।’, कागको बारेमा बोल्दै दुलालले भने । दुलालले दुईबर्षअघि मात्रै नेपालमा भारतले लगाएको नाकाबन्दीमा पनि त्यसको बिरुद्ध कागलाई जम्मा गरी भारतीय दुतावास घेराऊ गरेका थिए । तस्बिरः गोपिकृष्ण चापागाईं ।

तपाईको प्रतिक्रिया