एजेन्सी । चीनमा जब एक अनियन्त्रित कार हाइवेबाट उडेर जंगलभित्र पसेको छ । तीब्र गतिको कार अनियन्त्रित भएर हावामा उडेर दुईवटा रुखबिच फसेपछि घटनास्थलमा उपस्थित भएको प्रहरीले कारमा सवार पाँच यात्रीलाई कारबाट बाहिर निकाल्यो र उनीहरुलाई साधारण चोट लागेको पुलिसले जानकारी दिएको छ । यो दुर्घटना चीनको हिलोन्गजियान्ग प्रान्तको सिहुआ शहरमा भएको हो ।

यो दुर्घटनाको एक भिडियो जारी गरिएको छ जसमा कार दुईवटा रुखबिच फसेको स्पष्ट रुपमा देख्न सकिन्छ । सिजिटिएनका अनुसार ड्राइभर निकै तेज गतिमा कार चलाइरहेका थिए र राती कम भिजिबिलिटीका कारण कारमाथि नियन्त्रण गुमाएपछि दुर्घटना भएको सिन्ह्वाले जनाएको छ ।

तपाईको प्रतिक्रिया