काठमाडौँ । माओवादी केन्द्रले सरकार चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको आरोप लगाइरहेकै बेला निर्वाचन आयोगले त्यसको कडा प्रतिवाद गरेको छ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आफूहरू निर्धारित मितिमा निर्वाचन गराउन कटिबद्ध रहेको बताउँदै अनावश्यक संशय प्रकट नगर्न आग्रह गरेका छन्। उनले निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगको एउटै धारणा रहेको समेत दाबी गरेका छन्।

मंगलबार साँझ उनले भने, ‘निर्वाचन निर्धारित मितिमा सम्पन्न हुनेछ। यसबारे निर्वाचन आयोग र प्रधानमन्त्रीको एउटै धारणा छ। प्रधानमन्त्रीले निर्वाचन मिति सार्नेजस्तो कुनै पनि आशय आयोगसँग व्यक्त गर्नुभएको छैन। हामी निर्धारित मितिमा निर्वाचन गराउन कटिबद्ध र सक्षम छौं।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया