ताजा खबर :- लगभग हरेक घरमा सब्जी वा अन्य व्यंजनको लागि आलूको प्रयोग हुन्छ तर यदि तपाई आलूको छिल्काको प्रयोग नगरी फ्याँक्नु हुन्छ भने अब देखि आलूको छिल्का फ्याँक्नु भन्दा पहिले यो कुरा अवश्य ध्यान राख्नुहोस् । यी फाइदाको जानकारी भए लगतै तपाईले भूलेर पनि आलूको छिल्का फ्याँक्नु हुँदैन । १-आलूको सब्जी यदि तपाई छिल्का सहित बनाउनुहुन्छ भने यसको स्वाद त बढ्छ नै साथै अतिरिक्त पोषण पनि मिल्छ किनकि छिल्कामा पोषक तत्व हुन्छ । २-छिल्काको साथमा आलूको सेवनले तपाईलाई फाइबर पनि दिन्छ र पाचन सम्बन्धी समस्याहरूको पनि सामना गर्नु पर्दैन किनकि यसले पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ । ३-आलूको छिल्काको सेवनले तपाईको मेटाबोलिज्मलाई बढाउँछ । यसले शरीरमा आयरनको कमीलाई पनि पूरा गर्छ र एनीमियाबाट बचाउँछ किनकि आलूको छिल्का आयरनले भरिपूर्ण हुन्छ । ४-स्वास्थ्यको लागि मात्र नभई आलूको छिल्का सौन्दर्यको लागि पनि फाइदाजनक हुन्छ । त्वचाको चाउरीपना र दाग-धब्बाबाट बँच्नको लागि आलूको छिल्का त्वचा रगड्नुहोस् । ५-कपाललाई बलियो बनाउनुको साथ-साथै आलूको छिल्का धूपले पोलेको त्वचाको लागि पनि निकै उपयोगी हुन्छ ।

तपाईको प्रतिक्रिया