ताजा खबर :- धुम्रपानको सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ । यी शब्द चुरोटको प्याकेटमा पनि ठूला-ठूला अक्षरमा लेखिएको हुन्छ तर के तपाईलाई थाहा छ, कि धुम्रपानको सेवन लगतै यसको शरीरमा नकारात्मक असर शुरू हुन्छ । चिकित्सकका अनुसार, धुम्रपानको सेवनले मुख लगायत पेट, कलेजो, घाँटी जस्ता विभिन्न किसिमको क्यान्सरको कारण बन्न सक्छ ।

चुरोटको सेवनले शरीरमा के-के हुन्छ, असर? १-चुरोटको सेवनले मुखमा पर्ने असर -जब तपाई धुम्रपान सेवन गर्नुहुन्छ तब सलाई वा लाइटर र चुरोट दुवैको धुवाँ मिलेर नाकको बाहिरी तहलाई नष्ट गर्छ । -चुरोटको तातोपनले मुख, अनुहार र नाकको त्वचामा असर पर्छ । ओठ कालो हुन्छ र चाउरीपना पर्न थाल्छ । -जब चुरोटको धुवाँ मुखमा जान्छ तब यसले दाँतको एनामल मा जम्मा भई यसलाई पहेँलो बनाउन थाल्छ । -चुरोटको धुवाँ र तातोले मुखको भित्र कोमल त्वचालाई नष्ट गर्छ । दाँतको बीचको केभिटीमा टार जम्न थाल्छ । -चुरोटको धुवाँमा रहेको टार तपाईको टेस्ट बड्स र सेलाइभाको ग्लैंड्स ब्लक गर्छ । मुखमा लार कम बन्छ र मुख सुख्खा लाग्न थाल्छ । -टार र केमिकल्स मुख र नाकलाई जोड्ने नलीमा जम्न थाल्छ । यसले श्वासप्रश्वासमा प्रभाव पार्न सक्छ । -चुरोट सेवन गर्दा मुखको राम्रो ब्याक्टेरिया नष्ट हुन्छ र मुखबाट दुर्गन्ध आउन थाल्छ । -चुरोटको धुवाँ र तातोले गिजालाई पनि कालो बनाउँछ । गिजाको क्यान्सर सम्म हुनसक्छ । -नाकको नलीमा चुरोटको धुवाँमा पाईने टार र केमिकल्स जम्न सक्छ, जसले सुँघ्ने क्षमता कमजोर हुनथाल्छ । २-चुरोटको सेवनले घाँटीमा पर्ने असर -चुरोटको धुवाँ घाँटीमा रहेको पातलो झिल्लीलाई नोक्सान पुर्याउन सक्छ । यसबाट ड्रायनेस र इरिटेशन हुनसक्छ । -चुरोटको धुवाँमा पाईने फार्मेल्डीहाइड र एक्रोलीन नामक केमिकल थ्रोट इन्फेक्शन र क्यान्सरको कारण बन्छ -चुरोटको धुवाँमा पाईने केमिकल्स भोकल कार्डलाई नोक्सान पुर्याउँछ । यसले आवाजमा असर पर्ने र घाँटीको क्यान्सर पनि हुनसक्ने आशंका बढाउँछ । ३-चुरोटको सेवनले वाइन्ड पाइपमा पर्ने असर -चुरोटको धुवाँले वाइन्ड पाइपमा रहेको आर्गन नष्ट हुनसक्छ । यसले खोकी र लेरिन्जाइटिस नामक समस्या हुनसक्छ । ४-चुरोटको सेवनले फूड पाइपमा पर्ने असर -चुरोटको धुवाँमा पाईने केमिकल्स फूड पाइपको मसल्सलाई नष्ट गर्छ । यसबाट पेटको एसिड घाँटी सम्म पुगेर पोल्ने समस्या उत्पन्न गर्छ । ५-चुरोटको सेवनले फोक्सोमा पर्ने असर -चुरोटको धुवाँ रेस्पिरेटरी सिस्टममा जम्मा हुनथाल्छ । यसबाट ब्रोन्काइटिस, अस्थमा जस्ता समस्या हुनसक्छ । -चुरोटको धुवाँमा पाईने टार फोक्सोमा जम्मा भई ब्लोकेज उत्पन्न गर्छ । यसबाट थकान, ब्रीदलेसनेस, सिटी जस्ता आवाज आउन थाल्छ । -चुरोटको धुवाँमा पाईने कार्बन मोनोअक्साइड ग्याँस, ब्लडमा अक्सीजन लेभल कम गर्छ । यसबाट शरीरको सम्पूर्ण अंगहरूलाई नोक्सान पुग्छ ।

तपाईको प्रतिक्रिया