काठमाडौँ । चलचित्र ‘झ्यानाकुटि’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका रहेको सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। आलु प्रोडक्सनको पहिलो प्रस्तुति रहेको चलचित्र ‘झ्यानाकुटि’मा अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका रहेकोछ ।

अभिनेत्री निशा अधिकारीको निर्माण र सिमोन सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा लगातार कमेडी जनरामा अभिनय गर्दै अभिनेता आएका सौगात मल्लले दमदार अभिनय गरेका छन् ।

चलचित्रमा अभिनेत्री बेनिशा हमालले आफ्नो चलचित्र करियरमा फड्को मार्न यो चलचित्रले निकै महत्वपूर्ण भूमिका खेल्ने बताईन्। कमेडी कथावस्तुमा आधारित चलचित्र मङ्सिर १ गते प्रर्दशनमा आउने भएको छ । प्रदिप भारद्वाजको कथा समेटिको चलचित्रमा हरि हुमागाईको छायांकन रहेको छ।

तपाईको प्रतिक्रिया