ताजा खबर :- महिलाहरूमा हार्मोनल परिवर्तनको कारणले पोलिसिस्टिक ओभरी सिन्ड्रोम(PCOS)को समस्या हुनथाल्छ । हालै गरिएको यूनिभर्सिटी अफ बार्सिलोना, स्पेनको रिसर्चमा यो सावित भएको छ कि PCOS लामो समयसम्म रहँदा इनफर्टिलिटीको समस्या बढ्छ । यो समस्या हरेक १० महिला मध्य एक महिलालाई हुनसक्छ । चिकित्सकका अनुसार, PCOS के हो, यसको संकेत के हो र यसबाट कसरी बँच्न सकिन्छ, यसको सम्पूर्ण जानकारी यसप्रकार चर्चा गरिएको छ । PCOS के हो? यो महिलाहरूमा हुने समस्या हो । यसमा एस्ट्रोजन र प्रोगसेसटोरोन नामक सेक्स हार्मोनको स्तर असन्तुलन हुन्छ । यसबाट ओभरीमा सिस्ट(गाँठो) बन्न थाल्छ । PCOS किन हुन्छ? जेनेटिक, मोटोपना, अस्वस्थ आहार वा डायबिटीजको कारण PCOS को समस्या हुनसक्छ । PCOS को असर -यसमा महिनावारी नियमित हुँदैन । -फर्टिलिटी घट्छ । -लामो समय सम्म रहँदा डायबिटीज हुनसक्छ । -हर्ट अट्याकको आशंका बढ्छ । PCOS को संकेत -तीव्र रूपमा वजन बढ्नु वा घट्नु । -लामो समय सम्म डन्डीफोर हुनु । -अनुहारमा बढी कपाल आउनु । -डिप्रेशनको समस्या हुनु । PCOS बाट बँच्ने उपाय -नियमित एक्सरसाइज गर्नुहोस् । -नियमित आहारमा सुख्खा फलफूल, हरियो सागसब्जी, नट्स, बीन्स र अनाज समावेश गर्नुहोस् । -मासु, चिल्लोपदार्थ एवम् तेलमा तारेको खाना खानुहुँदैन । -चुरोटको सेवन गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया