एजेन्सी । अस्ट्रियामा राष्ट्रपति सेवस्टियन कुर्ज राष्ट्रपतिमा निर्वाचित भएसँगै उनी विश्वकै कान्छो राष्ट्रपतिका रुपमा विश्वमा नै चर्चित बनेका छन् ।

३१ वर्षको उमेरमा नै कुर्ज पिपुल्स पार्टीका तर्फबाट राष्ट्रपति बनेका कुर्ज बिश्वकै कम उमेरका राष्ट्रप्रमुख बने लगत्तै विश्वभरी नै उनलाई शुभकामना दिने र चर्चा गर्नेको ओइरो लागेको छ । उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।

बहुमत ल्याउन वञ्चित भएपनि विपक्षी फ्रिडम पार्टीसँग मिलेर उनले सरकार बनाउने तय भएको छ । कुर्जको पिपुल्स पार्टी परम्परा र पुरातनवादी धारको पार्टीका रुपमा परिचित छ । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै कुर्जले भने ‘यो देशमा परिवर्तनको समय हो, हामीलाई एक जबर्जस्त जनादेश मिलेको छ’ ‘देशमा परिवर्तन ल्याउन मद्दत गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया