काठमाडौं । सत्तासाझेदार काँग्रेससँग मिलेर सरकार चलाइरहेको माओवादी केन्द्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नबाहिरीने भएको छ । केही बेर अघि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री जनार्दन शर्माले निर्वाचन सार्ने षड्यन्त्र भएकाले तत्काल माओवादीले सरकार नछाड्ने निर्णय गरेको बताए ।

यस भन्दा अघि माओबादी सरकारबाट बाहिरीने चर्चा चलेपनि अचानक माओवादीबाट आएको यस्तो निर्णयले प्रम देउवाले अब कस्तो कदम चाल्लान् भन्ने प्रश्न अहम बनेको छ ।

प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरे लगत्तै माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेपछि माओवादीले सरकारबाट बाहिरिने निर्णय गरपनि अन्तिम समयमा आएर नबाहिरिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया