काठमाडौँ । महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको बस र डडेल्धुराबाट महेन्द्रनगर जाँदै गरेको उग्रतारा यातायातको बस भिमदत्त राजमार्गको जोरायल गाउँपालिका(१ गोगनपानीमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस भिमदत्त राजमार्गको जोरायल गाउँपालिका – १ गोगनपानीमा ठोक्किँदा २ जनाको घटनास्लमै मृत्यु भएको छ ।

दुर्घटनामा देहिमाण्डौ २ बैतडीकी ८० वर्षीया द्रोपती भण्डारी र परशुराम नगरपालिका ७ डडेल्धुराका १३ वर्षीय विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते ५ जनालाई उपचारको लागि धनगढी पठाइएइको छ ।

तपाईको प्रतिक्रिया