काठमाडौँ । कात्तिक २ गरे रिलिज डेट तोकीएको फिल्म ‘रुद्रप्रिया’को प्रिमिएर शो सम्पन्न भएको छ । रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्मको काठमाडौँको कुमारी हलमा शो सम्पन्न भएको हो । शोमा फिल्म युनिट र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा रेखाका पूर्व श्रीमान छबीराज ओझा, उनकी प्रेमिका शिल्पा पोखरेल, बारीष्ठ कलाकार हरिवंश आचार्य,किरण केसी, पूजा शर्मा, निता ढुंगाना, रिमा विश्वकर्मा लगायतका कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा नायिका थापाले शोमा सोचेको भन्दा राम्रो प्रतिकिया पाएको बताइन् । सुदिप भूपाल सिंहको निर्देशनमा बनेको फिल्मलाई एमके पौडेल र सरस्वती थापाले संयुक्त रुपमा निर्माण गरेका हुन ।

 

 

 

तपाईको प्रतिक्रिया