नेपालगन्ज ३१ असोज । नेपालगन्ज भन्सार कार्यालयले जफत गरेको अवैध बोइलर कुखुराको मासु आज नष्ट गरिएको छ । नेपालगन्जमा बंगुरको मासुपसल सन्चालन गर्दै आएका दिलिप सोनकरले दुई दिन अघि भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध मासु भन्सारले नियन्त्रणमा लिएको थियो । सरकारी कार्यालयका अधिकारी, पत्रकारलगायतको रोहवरमा भन्सार कार्यालयकै परिसरमा १५ टन मासु खाल्डोमा पुरेर नष्ट गरिएको भन्सार कार्यालयका प्रमुख जनार्धन आचार्यले जानकारी दिनुभयो । भन्सार छलेर अवैध मासु भित्र्याउने सन्चालक सोनकरलाई ४० लाख ९ हजार ११ रुपैंया जरिवाना गरिएको छ । भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया