काठमाडौं । सत्तासाझेदार काँग्रेससँग मिलेर सरकार चलाइरहेको माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट हात झिक्ने निर्णयमा पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरे लगत्तै कँग्रेसले नै सरकारमा बस्नुको औचित्य नभएको बताएपछि दबाबमा देखिएका प्रचण्डले बाम एकता गरेको करिब २ सातापछि सरकार छाड्ने निर्णय गरेका छन् ।

सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरे लगत्तै माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेपछि माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बाम एकतामा हात मिलाउन गएको माओवादीबाट प्रम देउवा रुष्ट बनेपनि माओवादीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया