एजेन्सी । ५० हजार मानिसको मृत्युका लागि दोषी ठहर गर्दै माता हारीलाई दिइएको मृत्युदण्ड र मृत्युदण्डका समयमा चर्चित नृत्यांगना समेत रहेकी हारीको उक्त समयको त्यो अविस्मरणीय पलको अहिले चर्चा चलिरहन्छ ।

आफ्नो सौन्दर्यको फाइदा उठाउँदै फ्रान्स र जर्मनीका लागि दोहोरो जासुसी गरेकी उनले जर्मनका राजकुमारसहित कयौं प्रभावशाली व्यक्तित्वसँग सम्बन्ध बनाएको बताइन्छ । नेदरल्याण्डको सेनाका एक अधिकारीसँग विबाह गरेकी उनको नाम माता हारी रहन गयो । विबाहपछि फ्रान्स सरकारका लागी काम गरेकी उनी जर्मनीलाई फ्रान्सको गोप्य सूचना दिने र अर्कोतिर फ्रान्सलाई जर्मनीको गोप्य सूचना दिने दोहोरो भूमिकामा सक्रिय भएसँगै फ्रान्सको सेनाले उनीविरुद्ध यथेस्ट प्रमाण पेश गरेपछि उनलाई १५ सेप्टेम्बर, १९१७ मा ४१ बर्षको उमेरमा उनलाई गोली हानी मृत्युदण्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया