एजेन्सी । यही अक्टोबर २५ का दिन बलिउड चर्चित स्टार शाहरुख खान र गौरी खानबिच विबाह भएको २६ औँ वर्ष लग्दैछ । बलिउड कैयौँ हिट फिल्म दिएर सदाबाहार चर्चामा रहेका शाहरुखले बाध्यताका कारण विवाहको पहिलो रात उनीहरुले एक फिल्मको सेटमा काम पर्नु परेको थियो ।

शाहरुखको विबाहको पहिलो दिनकै रातमा नायिका हेमा मालिनीको आफ्नै निर्माण र निर्देशनमा बन्न लागेको फिल्म दिल आशना है को रातभरी सुटिङमा जान भनेपछि शाहरुख निकै नै समस्यामा परेका थिए ।

हेमा मालिनीले बोलाएपछि चुपचाप श्रीमतीलाई पनि विबाहको पहिलो दिन सँगै लिएर गएका शाहरुखले रातभर सुटिङमा बिताउनुपरेको थियो । राती २ बजे थाकेका शाहरुख मेकअप रुममा पुग्दा गौरी त्यहीँ एउटा कुर्सीमा निदाएकी थिइन् । जुन समयमा शाहरुख निकै नै संर्घषको क्रममा थिए ।

तपाईको प्रतिक्रिया