ताजा खबर:- महिलाहरूमा हरेक महिना महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । तर कतिपय अवस्थामा यसै अवधी बीच तीव्र कम्मर दुख्ने समस्या हुनथाल्छ । यसको पछाडी केही कारण हुन्छन्, यदि उनीहरूले पहिचान गर्न सकेमा महिनावारीको दुखाई कम गर्न सहायता मिल्छ ।

के हो तीव्र दुखाईको कारण? महिलाहरूको ओभरी(गर्भाशय)को इन्टरनल भागलाई एन्ड्रोमेट्रियम भनिन्छ । यदि महिनावारीको समयमा यसको केही भाग ओभरी, फेलोपियन ट्यूब वा आन्द्रामा पुग्छ भने यसको कारण कम्मर दुख्न थाल्छ । चिकित्सकका अनुसार, महिनावारीको समयमा तीव्र कम्मर दुख्ने समस्याको अन्य कारणहरू पनि छन्, जसमा यी ८ कारण जिम्मेवार छन् । १-यदि कुनै महिलालाई कब्जियतको समस्या छ भने यसको कारण महिनावारीको अवधिमा तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ । २-महिनावरीको अवधिमा बढी चिसो वा तातो चीजको सेवनका कारण पनि तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ । ३-यदि कुनै महिलालाई पहिले देखि नै कमजोरीको समस्या छ भने महिनावरीको अवधिमा तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ । ४-हेभी ब्लीडिंगको कारण कयौँ पटक तीव्र कम्मर दुख्ने समस्या उत्पन्न हुनसक्छ । ५-जो महिला स्मोकिंग गर्छन्, उनीहरूलाई यसको कारणले धेरै पटक तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ । ६-फेमिली हिस्ट्रीमा कुनै महिलालाई तीव्र कम्मर दुख्ने समस्या छ भने बच्चालाई पनि यो समस्या हुनसक्छ । ७-स्वस्थ आहारको सेवन नगर्दा कतिपय समय महिलाहरूलाई तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ । ८-ओभरीमा इन्फेक्शन हुनुको कारण महिनावारीको अवधिमा तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया