काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ९८ न्यायाधीशको एकैपटक सरुवा गरेको छ।

परिषद्को सोमबारको बैठकले नियमित सरुवाअन्तर्गत न्यायाधीशकै सरुवा गरेको हो। गत फागुनमा नियुक्ति भएका न्यायाधीशको पनि परिषद्ले सरुवा गरेको छ।

विशेष अदालत काठमाडौँका सदस्य पनि परिषद्ले हेरफेर गरेको छ। यस्तै राजस्व न्यायाधीकरण र वैदेशिक रोजगार न्यायाधीकरणमा पनि नयाँ सदस्य तोेकेको छ।

न्याय परिषद् सचिव राजन भट्टराईले न्यायाधीश सरुवा भएको बताए। भट्टराईले नियमित प्रक्रियामा सरुवा भएको बताए। विशेष अदालतको सदस्यमा बाबुराम रेग्मी, द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ, र नारायणप्रसाद पोखरेल तोकिएका छन्। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया