काठमाडौँ । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर गीतकार अम्बिका गुरुङको ‘लौ आयो तिहार रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । शुसिला पाठकको आवाजमा रहेको उक्त गीतलाई राजिब शाहले संगीत भर्नु भएको छ ।

गीतको लिरिकल भिडियो पनि युट्युब मार्फत सार्वजनिक गरिएको छ । भिडियो राजन कार्कीले बनाएका हुन । गीत भवसागरले बजारमा ल्याएको हो ।

गीतकार गुरुङको केहीसमय लक्ष्मी भजन ‘ओम जय जय लक्ष्मी माता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया