गुल्मी। जनप्रतिनिधि र सशस्त्र प्रहरीले विद्यार्थी हिड्ने पाँच सय मिटर घोरेटो बाटो खनेका छन् । रेसुंगा नगरपालिका १३ मा रहेको घोर्ले मावि नजिकको बाटो केहि समयअघि पहिरोले बगाएको थियो ।

जसका कारण कैयौ विद्यार्थी निकै कष्टपुर्ण रुपमा बिद्यालय आउने जाने गर्थे । सो अवस्थालाई मध्येनगर गर्दै रेसुंगा नगरपालिका १३ का वडाध्यक्ष खुम बहादुर खत्री र सशस्त्र प्रहरी नायव उपरिक्षक प्रेम प्रकाश सिग्देलको संयोजनमा बाटो निर्माण गरिएको छ ।

सशस्त्र प्रहरी वल उर्लेनीका प्रहरी र वडाध्यक्षको नेतृत्वमा आएका केहि युवाहरुले दिनभर लगाएर बाटो निर्माण गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक सिग्देलले बताए ।

दशैका बेला दुबिचौरको भंगेरीमा सुख्खा पहिरो गएपछि लामो सय तम्घास–पाल्पा सडक पनि अवरुद्ध भएको थियो । सोहि समयमा घोर्ले माविमा जाने घोडेटो बाटो पनि पहिरोले बगाएपछि विद्यार्थीलाई निकै समस्या भएको वडाध्यक्ष खत्रीले बताए । साथै सोहि स्थानमा वर्षौ देखि जोखिमपूर्ण अबस्थामा रहेको बिजुलीको हाइटेन्सन लाइनलाई मर्मत गरेका छन् ।

स्थानीय आवत जावत गर्न समेत कठिनाई रहेको उक्त बिद्युतको लाइन व्यवस्थित गरिएको वडा अध्यक्ष खत्रीले जानकारी दिए । बिद्युतको तार समेत नजिकैबाट पुग्न सकिने अवस्थामा रहेकोले मर्मत गरि व्यवस्थित गरिएको अध्यक्ष उनको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया