काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट भट्टले एक हजार एक सय ९७ मत ल्याएर विजयी हुँदा अध्यक्षकी प्रत्यासी जमुना गुरुङले ६ सय ४० मत ल्याइन् । गएराती १ बजे सकिएलगत्तै भएको मत गणनाको नतिजा राती २ बजे घोषणा भएको हो । विधुतीय मतदान भएकोले मतपरिणाम छिटो आएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षहरुमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन । जसमा कुमार पन्तले एक हजार ३० मत पाएका छन भने कुल आचार्यले ६ सय ४४ मत पाएका छन । अन्य उपाध्यक्षका उम्मेदवारहरुमा चिरन्जीवि थापाले ३ सय ८०, खगेन्द्र जिसीले ३ सय ४९, सोनाम लामाले ४ सय ३६ र रविना थापाले २ सय ६४ मत पाएका छन । सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् ।

कोषाध्यक्ष पदमा हिक्मत बहादुर थापाले एक हजार ३८ मत ल्याएर विजयी भएका छन । सहकोषध्यक्षमा सोम सापकोटाले एक हजार २४ मत ल्याएर विजयी भएका छन । त्यसैगरी महिला संयोजकमा रजनी प्रधानले ९ सय २ मत ल्याएर विजयी भएकी छिन भने प्रतिद्धन्द्धी भोमा लिम्बुले ६ सय ७६ मत ल्याएकी छिन । युवा संयोजकमा सुदन कुमार थापाले ४ सय ९७ मत ल्याएर विजयी भएका छन भने लोक राज शर्माले ३ सय ९ , स्वतन्त्र प्रताप शाहाले ४ सय ९०, र दिपक वलीले २ सय ७९ मत ल्याएका छन । अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् ।

तपाईको प्रतिक्रिया