नेपालगन्ज ३० असोज । नेपालगन्ज उप–महानगरपालिका २२, पुरैनाकी २५ वर्षिय अस्मिता पुन मगरको दुवै मृगौला नगरेपछि विभिन्न युवा कल्वहरुले उपचारका लागी आर्थिक अभियान स्वरुप देउसी भैलो खेलेर सङकलित रकम सहयोग गर्ने भएका छन । नेपालगन्ज र आसपासमा रहेका सक्रिय युवा कल्व, सङगठनहरुले आर्थिक सहायताका लागी अभियान सुरुगरेको जनाएका छन । युवाहरुले तत्कालको लागी तिहार अवधिभर देउसी भैलो खेलेर उठ्ने रकम अस्मिताको उपचारको लागी प्रदान गरीने जनाएका छन ।

काठमाडौ स्थित वीर अस्पतालमा उपचार गराउने क्रममा अस्मिताको दुवै मृगौलाले काम गर्न छाडेको थियो । विरामी भएर वीर अस्पतालमा भर्ना भएको बेलामा मृर्गौलाले काम गर्न छाडेको अस्मिताको आमा गोमा पुनमगरले बताइन । अस्मिता नेपालगन्ज स्थित हेप्पी होम मन्टेश्वरी स्कुलमा पढाउने काम गर्थिन । उनले ५ वर्ष सम्म मन्टेश्वरीमा पढाएकी थिइन । विगत एक वर्षदेखि अस्मिताको स्वास्थ्यमा समस्या देखिन थालेपछि पढाउन छाडेर उनि घरमै बसेकी थिइन । अस्मिताको घरको आर्थिक स्थिती कमजोर भएकाले उपचारमा कठिनाई भएको परिवारका सदस्यले बताएका छन ।

नेपालगन्ज देखि लखनउ र काठमाडौ सम्म उपचार गराउन दौडधुप गरेका अस्मिताको परिवारलाई यो बेला आर्थिक अभावले चेकजाचँ गर्नमै रोकाइदिएको छ । मृगौला प्रत्यारोपणको लागी अस्मिताको आमा तयार रहेपनि आमाको चेकजाच गर्न समेत रकम अभाव भैदिदाँ उपचारको काम अघि बढ्न सकेको छैन । मृर्गौला प्रत्यारोपणको लागी १५ लाख सम्म खर्च लाग्ने भएकाले नेपालगन्जका विभिन्न सघं सस्थाले सक्दो सहयोग समेत गर्न थालेका छन । हाल सम्म ७० हजार रुपैया आर्थिक सहयोग सङकलन भएको अस्मिताको आमा गोमा पुनमगरले बताइन । हाल सम्म उपचारमा ५ लाख सम्म खर्च भैसकको छ भने अझै १२÷१३ लाख खर्च आवश्यक रहेको छ ।

बाँकेमा रहेको जुनियर जेसिज, लियो कल्व खजुरा र लियो बल्व बागेश्वरी नेपालगन्ज, लाइन्स कल्व, राइज नेपाल, होल्डिङ एण्ड फाउण्डेसन, सिसियन, लियो एनोभेटिव लगाएतका युवा सस्थाले अभियान थालेरै उपचारका लागी आर्थिक सङकलन गरीने लियो कल्व खजुराका अध्यक्ष अमित लामाले जनाएका छन । कतिपय सस्थाले देउसी भैलो खेलेर आर्थिक सङकलन गर्ने योजना बनाएका छन त कतिपयले आफै र अन्य सस्था, व्यत्ती लाई सहयोग गर्न लगाएर रकम जुटाउन प्रयासरत रहने लामाले बताए । अस्मिताको आमा गोमाले छोरीको ज्यान बचाइदिन आग्रह गर्दे सहयोग गर्न चाहनेले नेपालगन्जको धम्बोझीमा रहेको नेपाल राष्ट्रिय बाणिज्य बैकंको खाता नम्बर ४१३००३९९३११० मा रकम जम्मा गरीदिन अनुरोध गरेकी छन ।

तपाईको प्रतिक्रिया