काठमाडौँ । गौतम बुद्धको अनुहारको दुरुस्तै आकृति तरकारी खाने फल इस्कूसमा देखा परेको छ । यो प्रसंग हो पश्चिम बंगालको दार्जीलिङ मिरिकस्थित गोपाल धारा चिया बगानको पाँचधुरे गाउँको ।

जहाँ प्रमोद तामाङ्गको इस्कूसबारीमा भगवान गौतम बुद्धको अनुहार अंकित इस्कूस फलेपछि मानिसहरु अचम्म मान्दै हेर्न तथा यसको पछाडीको कारण जान्न निकै नै उत्साहित बन्दै गरेको माहोल देखिएको छ ।

प्रमोद तामाङ्गको इस्कूसबारीमा लटरम्म  इस्कूसहरू फलेकामध्ये एउटै मात्र इस्कूसमा भगवान गौतम बुद्धको आकृती जस्तो देखिने अनुहार अंकित छ । बुद्धको आकृती जस्तो देखिने उक्त इस्कूसलाई प्रमोदले आफ्नो पूजास्थानमा राखेर पुजा गरीरहेका छन् ।

तपाईको प्रतिक्रिया