काठमाडौँ। लामो समय अमेरिका बसेर स्वदेश फर्किएका नायक रमेश उप्रतीले निर्माण गरेको फिल्म ऐश्वर्याको टिमले मोफसल टुरको सुरुवात गरेको छ ।

चलचित्रको प्रर्दशन मिति नजिकिएसँगै यूनिटले आफ्नो मोफसल टुर पोखराबाट सुरु गरेको निर्देशक दिवाकर भट्टराईले जानकारी दिए । पोखराबाट सुरु भएको टुर चितवन हुदै हेटौडा पुगेर सकिने निर्देशक भट्टराईले बताए ।

आउदो कार्तिक ९ मा रिलिज हुने चलचित्रमा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार, निर्मल शर्मा, दीपिका प्रसाईं, केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ। चलचित्र तिमि रोएको पल बोलको गीतका कारण यतिबेला चर्चामा छ ।

तपाईको प्रतिक्रिया