पोखरा । सुन्दर नगरी पोखराको चर्चित पर्यटकीय स्थल सराङकोटबाट उडेका सातवटा प्याराग्लाइडिङ फेवातालमा खसेका छन् ।

हावाहुरी सहित पानी परेका कारण अनियन्त्रित भई प्याराग्लाइडिङ फेवातालमा खसेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो सारङकोटबाट उडेका सातवटा प्याराग्लाइडिङ फेवातालमा खसे पनि कुनै मानवीय क्षति हुन भने भएको छैन ।

प्याराग्लाइडिङ गरिरहेका पर्यटक र चालकको तत्कालै उद्धार गरिएकाले उनीहरु सामान्य घाइते मात्रै भएको बताइएको छ । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्याराग्लाइडिङमा भने क्षति पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया