ताजा खबर :- क्यान्सरको नाम सुन्ने बित्तिकै सबैको मनमा डर वा त्रास उत्पन्न हुन्छ । अझैँ पनि अधिकांश मानिसलाई लाग्छ कि क्यान्सर एक निको पार्न नसकिने रोग हो । शरीरमा कोशिकाहरूको अनियन्त्रित वृद्धिको कारणले क्यान्सरको समस्या हुन्छ । वर्तमान समयमा क्यान्सर रोक्ने कयौँ औषधी विकसित भैसकेका छन् । विभिन्न रासायनिक औषधीको साथै तपाईको घरमै उपलब्ध केही यस्ता हर्ब्स पनि क्यान्सर जस्ता घातक रोगसँग लड्न सक्षम छन्, जसको हामी दैनिक जीवनमा प्रयोग गर्दछौँ । कयौँ सोधका अनुसार वैज्ञानिकहरूले बताएका छन् कि खाना बनाउनमा प्रयोग हुने विभिन्न मसलाहरू र जडिबुटीमा कयौँ यस्ता तत्व पाईन्छ, जसले क्यान्सर रोक्न हामीलाई मद्दत गर्छ । क्यान्सरको समस्यालाई रोक्ने यस्ता हर्ब्स र मसलाहरूको बारेमा आज हामी तपाईलाई बताउँदैछौँ ।

बेसार बेसार एक लोकप्रिय रोगाणुनाशक औषधी हो । यसको विभिन्न किसिमको रोगहरूको उपचारको रूपमा प्रयोग हुन्छ । वैज्ञानिकहरूको भनाई अनुसार, बेसारमा क्यान्सररोधी गुण पाईन्छ । यसमा कुर्कुमिन नामक तत्व पाईन्छ, जसले क्यान्सरलाई नष्ट गर्न मद्दत गर्छ । लसुन आयुर्वेदका अनुसार दिनहुँ थोरै मात्रामा लसुनको सेवन गर्नाले क्यान्सर हुने सम्भावना लगभग ८० प्रतिशत सम्म कम हुन्छ । यसको सेवनले शरीरको रोगप्रतिरोधात्मक क्षमता पनि बढ्छ । लसुनमा पाईने अलिसिन नामक तत्वले फोक्सोको क्यान्सरलाई रोक्न मद्दत गर्छ । अदुवा अदुवाको प्रयोग कोलेस्ट्रोलको स्तर कम गर्न गरिन्छ । क्यान्सर रोगीहरूको लागि यो एक अचूक औषधीको रूपमा प्रयोग हुन्छ । यो क्यान्सररोधी गुणले भरिपूर्ण हुनुको साथै एन्टी फंगल गुण पनि पाईन्छ । गिलोय गिलोय हरेक किसिमको संक्रमणलाई रोक्नमा सक्षम हुन्छ । यसको जरामा पावरफुल एन्टी-अक्सीडेन्ट पाईन्छ, जसले क्यान्सरलाई रोक्नमा निकै मद्दत गर्छ । अमला अमला भिटामिन सी को भरिपूर्ण भण्डार हुन्छ । यसमा एन्टी-अक्सीडेन्ट्स भरिपूर्ण मात्रामा पाईन्छ । यसले शरीरमा कार्सिनोजेनिक कोशिकाहरू बढ्न दिँदैन । जसबाट क्यान्सर रोक्न मद्दत मिल्छ । यसको साथै शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न पनि मद्दत मिल्छ ।

तपाईको प्रतिक्रिया